समाज

पोखरामा बस दुर्घटना हुँदा करिब ४५ जना घाइते

फाइल तस्बिर

कास्कीको पोखरामा बस दुर्घटना भएको छ। कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको बस आइतबार दुर्घटनामा परेको हो।

बस दुर्घटना हुँदा करिब ४५  जना घाइते भएका कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। ग २ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो।

घाइतेको उपचारको लागि विभिन् अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७९ १०:०७ आइतबार

बस दुर्घटना