समाज

सवारी ठक्करबाट दुई बालकको मृत्यु

काठमाडौँ-बेग्लाबेग्लै दुर्घटनामा बुधबार दुईजना बालकको मृत्यु भएको छ।

सुनसरी लौकही–६ स्थित पूर्व–पश्चिम राजमार्गमा को.१ च ७१५६ नम्बरको पिकअप भ्यानले बुधबार सोही ठाउँ बस्ने हरीचन्द्र मण्डलको २ बर्षीय छोरा महादेब मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। गम्भीर घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको पटेर्वा सुगौली–९ भतौडामा नम्बर नखुलेको मोटरसाइकलले सोही ठाउँ बस्ने बसन्त चौधरीको ३ बर्षीय छोरा रबि चौधरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। फरार मोटरसाइकल चालकको प्रहरीले खोजतलास गरिरहेको छ।

प्रकाशित: १९ आश्विन २०७३ ०८:४४ बुधबार

सवारी ठक्करबाट दुई बालकको मृत्यु