समाज

आगोमा जलेर चार महिने बालिकाको मृत्यु

मकवानपुर-मकवानपुरको भैसे–७ खोप्लाङ स्थित चुन उधोगमा श्रम गर्ने सागर तिमल्सिना बस्दै आएको टिनले बारेको छाप्रोमा आगलागी हुँदा उनकी ४ महिने छोरीको ज्यान गएको छ। घरमा बालेको टुकीबाट आगो सल्केर ४ महिनाकी श्रृष्टी तिमल्सिनाको ज्यान गएको हो।

आगलागीमा ६ बर्षीया बर्षा तिमल्सिना र ४ बर्षीय बादल तिम्लसिना समेत जलेर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि गढी–९ सामरी स्थित नेपाली सेनाको अस्पतालमा पठाइएको छ। आगलागीबाट घर सहित करिब १ लाख बराबरको धनमाल जलेर  क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७३ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App