समाज

रेडपाण्डाको छाला सहित पक्राउ

काठमाडौँ- जडिबुटीबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको  २ थान छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बराम्ची गाविस–२ बस्ने १८ वर्षीय आर्यन श्रेष्ठ र सिन्धुपाल्चोक गुम्बा गाविस–२ बस्ने २२ वर्षीय नरेन्द्रलाल श्रेष्ठ रहेका छन्।

उनीहरुलाई ब्यूरोले थप अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ आश्विन २०७३ १२:२८ मंगलबार

रेडपाण्डाको छाला सहित पक्राउ