समाज

बलात्कारको आरोपमा किशाेर पक्राउ

त्रिशूली(नुवाकोट)– एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले साेमबार पक्राउ गरेको छ ।

अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ। अभियुक्तले असोज १२ गते साँझपख घर नजिकै खेतमा लगेर बलात्कार गरेको पीडितकी आमाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ।

मौखिक उजुरीका आधारमा अभियुक्तलाई प्रहरीले घरैबाट पक्राउ गरेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। रासस

प्रकाशित: १७ आश्विन २०७३ १२:१० सोमबार

बलात्कारको आरोपमा किशाेर पक्राउ