इटहरी–सप्तकोसी नदीमा आज दिउँसो नुहाउने क्रममा एक युवा डुबेर वेपत्ता भएका छन्। सुनसरी बराहक्षेत्र–१ स्थित सुनसरी–मोरङ सिचाईं आयोजनाको मुल नहरको मुहानको दक्षिणपट्टीको सप्तकोसीको सानो भंगालोमा नुहाउँदा महेन्द्रनगर– ९ का २६ वर्षीय देवराज सुवेदी डुबेर बेपत्ता भएकाका हुन्।
दिउँसो ३.३० गर्मी छल्नकालागि सप्तकोसीमा तीन पुगेकोमा देवराज डुबेर वेपत्ता भएका हुन्। उनीसँगै महेन्द्रनगरबाट नुहाउँनकालागि भुवन सुवेदी र नारायण सुवेदी पनि सप्तकोसी पुगेका थिए। तीनै जना नुहाउँदै गर्दा देवराज भने एक्कासी डुबेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।
प्रकाशित: १७ आश्विन २०७३ ११:३५ सोमबार