समाज

दुई फरार कसुरदार पक्राउ

विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध र चोरी मुद्दाका फरार कसुरदारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमागुलरिया नगरपालिका–११ का राजेन्द्र प्रसाद कुर्मी र बाँसगढी नगरपालिका–६ का सुदिप गुरुङ रहेका छन्। 

अदालतले ०७८ साल चैत २९ गते कुर्मीलाई लागु औषध मुद्दामा २ वर्ष ४ महिना २७दिन कैद र रु ४ सय जरिवाना तोकेको थियो । त्यसैगरी अदालतले गत असार १४ गते चोरी मुद्दामा २ महिना ५ दिन कैद र रु ५ हजार जरिवाना तोकेको थियो। अदालतले सजाय तोकेको दिन देखि दुवै जना फरार रहेका थिए ।प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गराउन अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए। 

जबरजस्ती करणी र लागु औषध मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार अदालतमा बुझाएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७९ १०:४६ शुक्रबार

फरार आरोपित पक्राउ