समाज

अवैध मेनपावर सञ्चालक पक्राउ

इटहरी- सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएको छ भन्ने सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि तत्काल त्यहाँ रहेका चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा ३१ वर्षीय प्रमोद साह, २२ वर्षीया सिर्जना मगर, २८ वर्षीय कृष्ण चौधरी र ४५ वर्षीय मानबहादुर रिजाल रहेको पनि प्रहरीले जानकारी दिँदै सबैलाई इप्रका, इटहरीको हिरासतमा लिई आवश्यक थप अनुसन्धान भइरहेको बताइएको छ।

बरामद भएका राहदानी बाहकलाई बोलाएर उनीसँग सोधपुछ र मेनपावर कम्पनी सञ्चालकबीच भएका कुराकानीलगायतका विषयमा पनि अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ। रासस

 

प्रकाशित: १७ आश्विन २०७३ ०९:४४ सोमबार

अवैध मेनपावर सञ्चालक पक्राउ