समाज

कर्णाली राजमार्गमा असहज यात्रा

जुम्ला- वीर बहादुर विक ना ४ ख १४२६ नम्वर मालवहाक ट्रकका चालक हुन्। हप्तै पिच्छे कर्णालीमा आउजाउ गर्छन्। उनलाई कर्णाली राजमार्गको कालिकोट खण्डको यात्रा निकै कठिन लाग्छ। सडकका विभिन्न स्थानमा पुल निर्माण गर्ने भनिएका पुल निर्माण भएको स्थानमा निकै जोखिम उठाउनु परेको अनुभव उनको छ।

'खोलामा नराम्ररी फसेको ट्रक उकास्नको लागि लागेको तीन दिन भईसक्यो। अनेक उपाय अपनाएँ तर केहि लागेन', उनले भने।

जुम्लाका लागि गाडी छट्दा भगवानलाई प्राथना चढाएर आउनु परेको चालकहरु बताउँछन । ना ५ क ४५७३ का ट्रकका चालक  ज्ञानेन्द्र खड्काले एक हप्ता अघि टर्लि पल्टिएको स्मरण गर्दै जुनसुकै बेला यो सडकमा दुर्घटना हुन सक्ने बताए। उनले भने अहिले सुर्खेत देखि जुम्ला पुग्न ४ दिन लाग्छ । निकै जोखिमपूर्ण यात्रामा ज्यानको बाजी लगाएर यात्रा गर्नु पर्छ। दुई महिना देखिको लगातार वर्षाका कारण सडक खण्डको विभिन्न स्थानमा पहिरो गएपछि यहाँ चल्ने सवारी, सवारी चालक र यात्रु अलपत्र पर्ने गरेका हुन।

कालिकोटको मान्म देखि जुम्ला कालिकोटको सिमाना नाग्मा सम्म झण्डै दर्जन बढी स्थानमा पहिरो गएको छ। विचका खोलाहरुमा सरकारी उदासिनताका कारण कर्णालीको विकासपछि परेको भन्दै अझै पनि राज्यले कर्णालीवासीलाई मृत्यु मार्गमै हिडाइरहेको उनले बताए। आफन्तजनले कर्णाली राजमार्गमा गाडी नचलाउन बारम्वार दवाव दिने गरेको चालकहरुको भनाई छ।  

कालिकोट सदरमुकामदेखि नाग्मसम्म झण्डै दर्जन स्थानमा पहिरो गएको यात्रुहरु बताउँछन्। सवै भन्दा बढी खतरानात्मक सडक खण्ड जुविथा– ९ खल्लागाडमा देखिएको छ। अहिले सो खण्डमा भन्दा अघि सवारी साधन अघि बढ्न सकेका छैनन्। जसका कारण यात्रु तीन घण्टा पैदल यात्रा गरेर हिड्न बाध्य छन्। समयमै ठेकेदारले पुल नवनाउँदा निकै जोखिम मोल्नु परेको व्यवसायी बताउँछन्।

हाल सम्म कर्णाली राजमार्गमा तीन वटा ठूला सहित सय वढी दुर्घटना भईसकेका छनु। झण्डै ३ सय जनाको ज्यान गईसकेको छ। कर्णाली राजमार्गको पिच अहिले उक्किसकेको छ । पिचको अवशेष समेत सडकमा छैन। सडकमा एक गाडी पनि मस्किलले अटाउँछ। साईड लगाउने ठाउँ समेत पुग्दैन।

कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मिन वहादुर थापाले कर्णालीको सडक ज्यानामा हुँदा समेत कसैको चासो नगएको प्रति आपत्ती प्रकट गरे।

 

प्रकाशित: १६ आश्विन २०७३ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App