समाज

बुबासँग घुम्न गएका बालककाे पाेखरीमा डुबेर मृत्यु

मृतक बालक नितेष कुमाल

पाल्पा– नारायणस्थान, तानसेनमा रहेको पोखरीमा डुबेर शनिबार साँझ एक बालकको ज्यान गएको छ। पोखराथोक–४, पाल्पा घर भएका ६ वर्षीय बालक नितेष कुमालको ज्यान गएको हो।

बुबासँगै घुम्न गएका नितेष बुबासँग छुटेको १५ मिनेटमै नजिकैको पोखरीमा मृत फेला परेको बुबा गोपालबहादुर कुमालले बताए। उनले छोरा आफूसँग छुटिएपछि खोज्दै भाडामा बस्दै आएको बडिज्ञानटोल तानसेनको कोठामा गएको बताए। उनी भन्छन्, 'केही समयमा छोरा पोखरीमा डुबेको थाहा पाएँ।'

उपचारका लागि युनाईटेड मिशन अस्पताल लगेपछि अस्पतालले नितेषलाई मृत घोषणा गरेको थियो।

आइतबार नितेषको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी रामनदीघाममा अन्तेष्टी गरिएको परिवारले जनाएको छ। उनी विजु बोर्डिङ्ग स्कुल, तानसेनमा कक्षा युकेजीमा अध्ययनरत विद्यार्थी हुन्।

प्रकाशित: १६ आश्विन २०७३ १०:०६ आइतबार

बुबासँग घुम्न गएका बालककाे पाेखरीमा डुबेर मृत्यु