समाज

दाङमा ग्यास सिलिन्डर पड्किदा २ जना घाइते

फाइल तस्बिर

दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा २ जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौरामा आज बिहान खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका हुन्।

लहलौरा स्थित कृषी उत्पादन कम्पनिमा खाना पकाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विस्फोटमा परि तुलसीपुर १६ लहलौराकी ५० वर्षिया कुसुम केसी र भरतपुर महानगरपालिका ५ चितवन घर भई हाल सोही कम्पनिमा कार्यरत २९ वर्षिय आशिष खनाल घाइते भएका हुन्।

ग्यास सिलिन्डर विस्फोट हुँदा ५० बर्षिया केसीको कम्मर मुनीको भाग जलेको छ। उनलाई उपचारका लागि नेपालगन्ज लगिएको छ। यसैगरि अर्का घाइते खनालको हात र खुट्टा जलेका छन्। उनलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०९:२६ बिहीबार

ग्याँस सिलिण्डर