समाज

सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे कीर्तिपुर अस्पतालमा

फाइल तस्बिर।

सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।

बिहीबार बिहान ग्याँस सिलिण्डर विस्फोटबाट आगोले जलेर घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई भेट्न सभापति देउवा र सभामुख घिमिरे कीर्तिपुरको बर्न अस्पतालमा पुगेका हुन्।

उनीहरुलाई थप उपचारका लागि भारत लगिँदैछ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०५:१७ बिहीबार

चन्द्र भण्डारी