समाज

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिने भनी रकम हुण्डी गर्न लगाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर ईमाडोल बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का ५६ बर्षीय निर्मल श्रेष्ठलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो।

श्रेष्ठले सोलुखुम्बु गुदेल गाविस–४ का आङधानु शेर्पा समेतका व्यक्तिहरुलाई कोरियामा पानीजहाजमा काम गर्न वर्किङ भिषामा प्रतिमहिना १ लाख नेपाली रुपैयाँ तलव हुने भन्दै ठगी गरेका थिए। उनले  भारतबाट सजिलो तरीकाले लैजान मिल्ने भनी विश्वासमा पारी भारत पुर्याइ पीडितका परिवारसँग हुण्डी मार्फत १८ लाख ४० हजार रुपैयाँ लिई नक्कली भिषा समेतका कागजात तयार गरी हङकङ हुँदै कोरिया पुर्याएका थिए।

                नक्कली भिषा भन्दै कोरिया इमिग्रेसनले उनीहरुलाई नेपाल फर्काएपछि कारवाहीको लागि पीडितहरु महानगरीय प्रहरी अपराध महाशाखामा पुगेका थिए। प्रहरीले श्रेष्ठलाई आवश्यक अनुसन्धान कारवाहीको लागी विहिबार वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौमा पठाएको छ।

               

प्रकाशित: १४ आश्विन २०७३ १३:१३ शुक्रबार

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ