समाज

फेसवुकमा कमेन्ट गर्दा कारबाहीमा पर्नुहोला

काठमाडौं-  नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसवुक, ट्विटरमा कमेन्ट गर्दा मर्यादित बन्न सचेत गराएको छ। अश्लिल, अपशब्द तथा अनावश्यक कमेन्टको प्रयोग दिनानुदिन बढ्दै गएको भन्दै प्रहरीको अपराध अनुसन्धान विभागले एक विज्ञप्ती जारी गर्दै त्यसो नगर्न आग्रह गरेको हो। त्यस्ता कमेन्टहरुले इज्जत प्रतिष्ठामा प्रतिकुल असर पर्न गएको भन्दै पीडितहरुबाट प्रहरीलाई गुनासो प्राप्त भएको जनाएको छ।

'फेसवुक, ट्विटर जस्ता सबैखाले सामाजिक सञ्जाल वा विद्युतिय माध्यमको दुरुपयोग गरी व्याक्ति वा संस्थाको ईज्जत, प्रतिष्ठामा आँच पुर्‍याउने खालका कमेन्ट कोही कसैबाट नहुन/ नगराउन अनुरोध गर्दछौं', विज्ञप्तीमा भनिएको छ। व्याक्ती वा संस्थाको प्रतिष्ठामा असर गर्नेगरी अभिव्यक्ति संप्रेषण गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ।

प्रकाशित: १४ आश्विन २०७३ १२:५५ शुक्रबार

फेसवुकमा कमेन्ट गर्दा कारबाहीमा पर्नुहोला