समाज

जिप दुर्घटनामा एकको मृत्यु'

गोरखा- मनकामनाबाट गोरखा आउँदै गरेको बोलेरो जिप बिहीबार बक्राङ-८ मा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा९च ७५४९ नम्बरको जिप ब्रेके फेल भएर च्याम्पाटा भन्ने ठाउँ नजिकै सडकबाट करिब ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन्। मृत्यु हुनेमा बक्राङ बस्ने मेघबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

जिपमा चालक भुबनबहादुर राना र गुरुङमात्रै जिपमा सवार थिए। दुर्घटनामा परी चालक घाइते भएको ट्राफिक प्रहरी प्रमुख मिनबहादुर कुँवरले बताए।

प्रकाशित: १३ आश्विन २०७३ १२:४० बिहीबार

जिप दुर्घटनामा एकको मृत्यु