समाज

विभागमै लागुऔषध भटेपछि अधिकृत गुप्ताविरुद्ध मुद्दा दायर

काठमाडौं- औषधि व्यवस्था विभागको कार्यालयमा लागुऔषध फेला परेपछि पानस फर्मास्युटिकल्स संस्थाका सम्पर्क अधिकृत सुनिल गुप्तालाई प्रहरीले लागुऔषध अपराधअन्तर्गत मुद्दा चलाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले विभागमा रहेका ७० वटा दराज औषधि कम्पनीहरुले प्रयोग गर्दै आएको तथा त्यसमा १७ हजार दर्ता भएका फाइल र २१ हजार औषधि फर्म दर्ता भएको जानकारी दिँदै औषधि कम्पनीलाई औषधिको नमुना राख्न छुट्टाछुट्टै दराज उपलब्ध गराइएको बताए।

बुधबार नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले विभागबाट पानस फर्मास्युटिकल्सको दराजको भित्री लकरमा २२ ग्राम लागुऔषध हेरोइन फेला पारेको थियो। महानिर्देशक ढकालले भने दराजको भित्री साँचो आफूहरुसँग हुने भए पनि भित्री लकरको साँचो भने नहुने बताए।

प्रारम्भिक अनुसन्धानपछि उक्त लागुऔषध पानसका बजार निर्देशक नरेश श्रेष्ठले गुप्तालाई कम्पनीले निलम्बन गरेको जानकारी दिए। रासस

 

प्रकाशित: १३ आश्विन २०७३ १२:३३ बिहीबार

विभागमै लागुऔषध भटेपछि अधिकृत गुप्ताविरुद्ध मुद्दा दायर