समाज

जुम्लामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, ५ घाईते

जुम्लाको पातारासी गाउँपालिका ६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा पातारासी गाउँपालिका २ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै घाइते हुनेमा पातारासी ३ का २९ वर्षीय सुर बुढा, तल्फी गाउँकी १२ वर्षीय सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीय मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका छन्।

जुम्लाको सदरमुकाममाबाट लासी बजार जाने क्रममा कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले बताए।

ट्याक्टर सडक भन्दा ५० मिटर तल खसेको थियो। बुधबार साँझ ६ बजेर ५४ मिनेटमा दुर्घटना भएको डिएसपी कार्कीको भनाइ छ। उनका अनुसार ट्याक्टरमा खाद्यान्न र सरिया लोड गरिएको थियो। दुर्घटना हुनुको कारण भने पत्ता नगलेको र अनुसन्धान पश्चात् थाहा हुने उनले बताए।

हाल ट्याक्टर चालक फरार रहेका छन्। प्रहरीका अनुसार उनको खोजी कार्य भइरहेको छ। 

घाइते ५ जनाकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ। चार जनाको अवस्था सामान्य छ रहेको छ भने १ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइते भएका एक जनाको टाउकोका चोट बढी देखिएको डिएसपी कार्की बताए।

प्रकाशित: ३ फाल्गुन २०७९ १५:४३ बुधबार