समाज

घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु

सुमन मल्ल

मुगु– घाँस काट्न गएकी एक महिलाको भिरबाट खसेर घटना स्थलमा नै मृत्यु भएको छ।

श्रीनगर गाविस वडा नम्बर ५ निवासी ५६ वर्षीया सुन्तला मल्लको घाँस काट्ने क्रममा श्रीनगर गाविस वडा नम्बर ८ मा पर्ने धल्नेवारी भन्ने वन क्षेत्रमा भिरबाट लडेर घटना स्थलमा नै मृत्यु भएको मृतकका छिमेकी जनक हमालले जानकारी दिए।

मृतकको शवलाई आफन्तजनहरुले प्रहरी मुचुल्कासमेत नगरी घर तर्फ ल्याएको हमालले बताए। घटना स्थल सदरमुकाम गमगढीदेखि आधा घण्टा टाढा रहेको छ।
 

प्रकाशित: १२ आश्विन २०७३ ११:१७ बुधबार

घाँस काट्न गएकी महिलाको भीरबाट खसेर मृत्यु