समाज

धादिङ बस दुर्घटनामा को को घाइते भए?

काठमाडौं—धादिङको लामाङमा भएको बस दुर्घटनाका ११ घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनीहरुको नामावली अस्पतालले सार्वजनिक गरेको छ।

उपचार भइरहेकाहरुमा मिलन तामाङ, नोमु लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, मोनिङ तामाङ, टेकुमाया घले, मोतेन तामाङ, छेले तामाङ र अर्का एक जना नाम नखुलेका व्यक्ति छन्।

धादिङबेसीबाट किन्ताङफेदि जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लापाङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो।  धादिङ कांग्रेसका सभापति रमेश मल्ले घाइतेहरुलाई हेलिकोप्टरमा राखेर काठमाडौं ल्याएका हुन्।

३१ जनाले धादिङ बेसीबाट बसको टिकट काटेको प्रहरीले जनाएको छ।   १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।

नामावली

प्रकाशित: ११ आश्विन २०७३ १०:२४ मंगलबार

धादिङ बस दुर्घटनामा को को घाइते भए