समाज

हेलिकोप्टरबाट ल्याइएका एक जनाको शिक्षण अस्पतालमा मृत्यु

घाइतेलाई स्ट्रेचरमा राखेर अस्पतालभित्र लैजाँदै चिकित्सक। तस्विरः प्रशान्त

काठमाडौं–धादिङको लापाङमा भएको बस दुर्घटनामा घाइते एक जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। 'एक जना घाइतेको उपचारको क्रममा मृत्यु भयो', टिचिङ अस्पतालका निर्देशक डा.दीपक बोहोराले नागरिकन्युजसँग भने, 'अरुको उपचार भइरहेको छ।'

मृत्यु हुने धनकुमारी सापकोटा रहेको उनले बताए।

धादिङबेसीबाट किन्ताङफेदि जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लापाङमा दुर्घटना कम्तिमा १७ जनाको मृत्यु भएको धादिङ कांग्रेसका सभापति रमेश धमालाले जानकारी दिए।  हेलिकोप्टरमा राखेर उनैले घाइते काठमाडौं ल्याएका हुन्।

३१ जनाले धादिङ बेसीबाट बसकाे टिकट काटेकाे प्रहरीले जनाएकाे छ।  १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।

 

प्रकाशित: ११ आश्विन २०७३ ०९:३७ मंगलबार

हेलिकोप्टरबाट ल्याइएका जनाको शिक्षण अस्पतालमा मृत्यु