समाज

सामान्य घरायसी झगडाले श्रीमतीकाे ज्यान गयो

आइतबार राती दैलेखको गुराँस गाउँपालिका –८ माथिल्लो गर्जा भन्ने गाउँमा एक परिवारमा सामान्य विवाद हुँदा ज्यान गएको छ। २८ वर्षीय कृष्ण बहादुर खड्काले श्रीमती २७ वर्षीय पार्वती बिसीसँग सामान्य घरायसी विवाद गरेका थिए। विवाद बढ्दै जाँदा कृष्णले पार्वतीको टाउकोमा ढोका लगाउने गरालोले हिर्काउँदा मृत्यु भएको हो। 

प्रहरी चौकी लालीकाँडाबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको कमाण्डमा घटनास्थल पुगी मृतकको श्रीमानलाई नियन्त्रणमा लिएका छन्। प्रहरीका अनुसार टाउकोमा चोट लागे लगत्तै पार्वतीको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक कमल आर्चाय नेतृत्वको टोली घटनास्थलमा अनुसन्धानका लागि खटिएको छ। 

शव जिल्ला अस्पताल दैलेखमा पोष्टमार्डमका लागि लगिएको छ। के कति कारणले विवाद भएको र हत्याको कारण पत्ता लगाउन अनुसन्धान टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७९ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App