समाज

नारायणगढ–मुग्लिन सडक सहज हुन सयम लाग्ने

चितवन– दसैंतिहार जस्ता चाडपर्वका बेलानारायणगढ–मुग्लिन सडकखण्डमालामो जामको समस्याआउननदिन सडकनिर्माण आयोजनाकाअधिकारीको प्रयास जारी रहे पनिनतिजा सोचे अनुरुपआउन सकेको छैन । सोमबारदेखि सो सडक खण्डको यात्रा सहजहुने अधिकारीको भनाइथियो । तर निर्माणाधीन ३३ किलोमिटर सडक पार गर्न साना गाडीलाई पनिदुई घण्टाभन्दा धेरै लाग्यो ।
केही दिनअिघ चितवनजिल्लाप्रशासनकार्यालयमाभएको बैठकमा नारायणगढ–मुग्लिन सडक आयोजनाकाप्रमुखचन्द्रनारायण यादवले असोज ८ गते खाल्टा पुर्ने र सम्याउने कामभ्याएर सोमबारदेखि यातायात सहजबनाउने प्रतिबद्धता व्यक्त गरेकाथिए । प्रतिबद्धताअनुरुपकामलगभगभ्याइएपनिजाम पूरै हट्न भने सकेको छैन ।

सामान्यअवस्थामा सवा घण्टामा पार गर्न सकिने सो सडक खण्डमा जामभए सो बढी समय लाग्ने गर्छ । ‘खाल्डा पुरेपछि जामनभएदुई घण्टाभित्रै यात्रु बस र गाडी पार गर्न सकुनभन्ने हाम्रो लक्ष्यहो,’ नारायणगढ–मुग्लिन सडक आयोजनाकाइन्जिनियर तथा सूचनाअधिकारी शिवखनालले भने । ठूला र बढी भार भएका गाडीका कारण जामको समस्याआउने गरेको उनले बताए ।

सोमबार बिहाननिर्माणधीन नारायणगढ मुग्लिन सडक खण्डमा देखिएको गाडी जामको फोटोहरु पनि छ । केहीप्राविधिक असुविधाकाकारण फाइल नेम चेन्जगर्न सकिएन ।    

सडक मापदण्डले तोकेको भन्दा बढी चौडाइका गाडीको चाप बढेकाले पनि समस्या बढेको सूचनाअधिकारी शिवखनालले बताए । सडक मापदण्ड २०७० ले सडकमा गुड्ने गाडीकोलम्बाइ १८ मिटर, चौडाइ २.४ मिटर र उचाइपौने पाँच मिटर हुनपर्ने तोकेको छ । अहिले भारतबाट मोटरसाइकललिएर काठमाडौं जाने गाडीको चौडाइ तीन मिटर भएको उनले बताए ।

‘मापदण्डभन्दा बढी चौडाइका गाडी लगालग बढी भार बोकेर जाँदा यस्तो सडकमा कसरी सहज रुपमा गाडी चल्ला?’ खनालले मध्य क्षेत्र ट्राफिक प्रहरी कार्यालयकाप्रमुखप्रहरी उपरीक्षक (एसपी) इश्वरी चापागाईसँग भने । ट्राफिक प्रहरीकाएसपीचापागाई पनि सोमबार सडक निरीक्षणका लागिमुग्लिनपुगेकाथिए । उनीमात्रै नभएर यातायातमन्त्री रमेश लेखकले नै सो सडकको अनुमगन गरे ।

काठमाडौंबाट पोखरासम्मजानआएकामन्त्री लेखकले मुग्लिनदेखि लगभगतीनकिलोमिटर परकालिखोलासम्मपुगेर सडकको अनुगमन गरे । ‘यो सडक निर्माणमा सबै पक्षको ध्यानजानआवश्यक छ । मन्त्रीजीयहाँसम्मआउनु भयो, योभन्दाअति खराब बाटो यहाँभन्दा अघि छ । त्यसैले यो कामलाई प्रथामिकतामा राखेर कामगर्न निर्देशनदिनुहोला,’चितवनकाप्रमुखजिल्लाअधिकारी विनोदप्रकास सिंहले मन्त्री लेखकसमक्षआग्रहगरे ।

मन्त्री लेखकले यो सडकलाई दसैंतिहारका बेला सहज रुपमा कसरी चलाउने र दीर्घकालीन रुपमा चाँडै काम कसरी सक्ने भन्नेतर्फ मन्त्रालयगम्भीर भएको बताए । दुई वर्षभित्रकाम सक्ने गरेर सन् २०१५ को अप्रिलमाविस्तारको काम सुरु भएको सो सडक खण्डमा अहिलेसम्म ५० प्रतिशतभन्दा धेरै कामहुनुपर्नेमाजम्मा २५ प्रतिशतको हाराहारीमाकामभएको छ ।

दैनिक८हजारभन्दा धेरै गाडी गुड्ने, राजधानीलाई पूर्व र पश्चिम नेपालसँगजोड्ने मुख्यमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको हो । सडकविस्तारको काम सुरु भएसँगै लामो समयसम्मजाममा बस्नु पर्ने पिरलो पनि बढेको छ । कुनै दिन २० घण्टासम्म सडक जामभएको आयोजनाप्रमुखचन्द्रनारायण यादवले बताए ।

दसैंका बेलामा सकेसम्मजामकमगर्ने योजनालाई मुर्त रुप दिनद्रूत रुपमाकामभएको इन्जिनियर तथा सूचनाअधिकारी शिवखनालले बताए । पर्वका समयमा सडक निर्माणको काम नरोक्ने तर गाडी बन्दै हुने गरेर कामपनिनहुने उनले बताए । रोक्नै परेको खण्डमा एकतर्फी रुपमामात्रै यातायात रोक्न सकिने उनको भनाइ छ ।


 

प्रकाशित: ११ आश्विन २०७३ ०५:५३ मंगलबार

नारायणगढ–मुग्लिन सडक सहज हुन सयम लाग्ने