समाज

यातायात हड्ताल स्थगित, सरकार र मजदुरबीच भयो सहमति (सहमतिको पूर्णपाठ)

यातायात मजदुर र व्यवसायीले मंगलबार  आव्हान गरिएको सार्वजनिक यातायात हड्ताल कार्यक्रम स्थगन गरिएको छ।  

माघ २९ गते गठन गरिएको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आव्हान गरिएका सबै कार्यक्रम स्थगन गर्ने सहमति भएको हो। मंगलबार बिहान सरकार र यातायात व्यवसायीबीच भएको वार्तामा आन्दोलनका कार्यक्रम स्थगन गरेर सवारी सञ्चालन गर्ने सहमति भएको हो।

सोमबार गोङ्गबु र माछापोखरीमा भएको घटना,लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कार्वाही गर्ने र आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्ने दुई पक्षबीच सहमति भएको छ। सोमबार माछापोखरीमा प्रहरी र यातायात मजदुरबीच झडप भएको थियो। त्यस क्रममा आन्दोलनकारीले प्रहरीको दुईवटा भ्यान तोडफोडपछि जलाइदिएका थिए।

साथै साँझमा गोङ्गबुको ल्होत्से मलमा आन्दोलनकारीले मोबाइल  लुटेका थिए।

 

प्रकाशित: २ फाल्गुन २०७९ ०७:३८ मंगलबार