समाज

घरमै बसिरहेका सुनुवारलाई गैँडाले हानेर मार्‍यो

चितवन—माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

आइतबार साँझ ५ बजेतिर गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। नजिकै चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैँडाले सुनुवारलाई आक्रमण गरेको हो। रासस

 

प्रकाशित: १० आश्विन २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App