समाज

दुर्गा प्रसाईंले विकृति बिरुद्धको अभियान शुरु गरे

मेडिकल व्यवसायी एवंम नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईंले विकृति बिरुद्धको अभियान आजदेख शुरु गरेका छन् ।

झापाको काकडभिट्टामा शुरु भएको यो अभियान पुर्वी नाका काकडभिट्टाको मेची पुलबाट शुरु गर्ने भनेपनि सुरक्षाको कारण देखाउदै प्रशासनले रोक लगाएपछि झन्डै १ किलोमीटर पुर्वमा रहेको बसपार्कबाट अभियान शुरु भएको जनाईएको छ।

 पुर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रममा सर्वसाधारणको उपस्थिति उल्लेख्य देखिएको छ।राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाऔं महाअभियानू नाम दिइएको अभियानमा बिभिन्न धार्मिक झाँकिहरु समेत प्रस्तुत गरिएको छ।

पुर्वराजा ज्ञानेन्द्र शाह परिवारका अन्य सदस्य सहित केही बेरमा उपस्थित हुने आयोजकले जनाएको छ।

प्रकाशित: १ फाल्गुन २०७९ ०८:०८ सोमबार