समाज

अवतरणका क्रममा यतिको विमान दुर्घटना, यात्रु सकुशल

दुर्घटनाग्रस्त विमान। तस्बिर: रासस

लुम्बिनी– यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ। विमानमा सबार सवै सकुशल रहेका छन्।

काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी कल साइन भएको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो।

विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ। जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन। केही यात्रु सामान्य घाइते भएका छन्।  रासस

 

अवतरणका क्रममा यतिको विमान दुर्घटना यात्रु सकुशल