समाज

रुकुमबाट सानीभेरीको बस सेवा सुरु

रुकुम-सानीभेरी यातायात सेवा समितिले शनिबारदेखि बस सेवा सुरु गरेको छ ।

दुई साता अगाडि खुलेको समितिले शनिबार विभिन्न ठाउँका लागि रुकुमबाट गाडी छुटाउँदै बस सेवा सुरु गरेको हो । आज पहिलो दिन नेपालगन्ज, काठमाडौँसहित जिल्लाका आधा दर्जन बढी ठाउँका लागि गाडी प्रस्थान गरेको समितिका महासचिव वीरबहादुर मल्लले बताए । बस सेवालाई आगामी दिनमा क्रमिक रुपमा अन्य ठाउँमा पनि विस्तार गर्दै जाने उनको भनाइ छ ।

काठमाडौँ र नेपालगन्जका लागि डिलक्स गाडी र स्थानीय सडकमा जिप सञ्चालन गरिएको समितिका अध्यक्ष मनबहादुर चदाराले बताए ।

जिल्लामा सिस्ने हिमाल बस समिति, रुकुम यातायात प्रालि र प्रफि यातायात प्रालिले यातायात सेवा सञ्चालन गरिरहेका छन् । रासस

प्रकाशित: ८ आश्विन २०७३ १०:५९ शनिबार

रुकुमबाट सानीभेरीको बस सेवा सुरु