समाज

स्कार्पियो दुर्घटनामा दुईको मृत्यु

पाल्पा–   मस्याम– ४, चर्चरे, पाल्पामा शुक्रबार राति स्कार्पियो दुर्घटनामा हुँदा दुईको मृत्यु भएको छ । बा १४ च ९३६४ नम्बरको गाडी दुर्घटना हुँदा तम्घास, गुल्मीका ५५ वर्षीय रामप्रसाद पन्थ र सोही स्थानका ४७ वर्षका कृष्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटना परेको गाडी सडकबाट दुई सय मिटर तल खसेको थियो। घटनास्थलमै मृत्यु भएका पन्थ निर्माण व्यवसायी हुन भने भण्डारी उपप्राध्यापक। घाइते चालक देविराम पन्थीको लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भैरहेको छ। तम्घासबाट बुटवलतर्फ जाँदै गर्दा राति ८ः ४५ बजे उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

 

प्रकाशित: ८ आश्विन २०७३ ०४:१६ शनिबार

स्कार्पियो दुर्घटनामा दुईको मृत्यु