समाज

नागरिककर्मी फुयाल सम्मानित

काठमाडौं- पत्रकारितामार्फत खेलकुदलाई योगदान पुर्‍याएको भन्दै एसियाली खेलकुद पत्रकार संघ (एआइपिएस एसिया)ले बिहीबार नागरिककर्मी अजय फुयाललाई सम्मानित गरेको छ। तुर्कमेनिस्तानको राजधानी अस्गबातमा आयोजित कार्यक्रममा काउन्सिल अफ मिनिस्टरका उपाध्यक्ष सपारडुर्डे र एआइपिएस एसियाका अध्यक्ष मोहम्मद कसिमले संयुक्त रूपमा फुयाललाई स्वर्ण पदक र प्रशंसापत्रबाट सम्मानित गरेका थिए।

दुई दशकदेखि पत्रकारितामा सक्रिय ३९ वर्षे फुयालले २०५८ सालबाट खेलकुद विधामा कलम चलाउँदै आएका छन्। नागरिक राष्ट्रिय दैनिकका खेलकुद ब्युरो प्रमुख फुयाल नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष हुन्।

अर्को वर्ष एसियन इन्डोर मार्सल आर्टको पाँचौं संस्करण आयोजना गर्न लागेको तुर्कमेनिस्तानमा सरकार र एआइपिएस एसियाको समन्वयमा पहिलोपटक यस कार्यक्रमआयोजना गरिएको हो।

'एआइपिएस एसियाले पहिलोपल्ट आयोजना गरेको अवार्ड कार्यक्रममै सम्मानित हँुदा गर्व लागेको छ। यो स्तरमा सम्मानित हुने सोचिएकै थिइनँ। यस अवार्डले मेरो काममा थप उर्जा प्रदान गरेकोछ,' फुयालले सम्मानपछि भने, ‘हामीले अझै धेरै गर्न बाँकी छ। काममा सिक्ने क्रम कहिल्यै रोकिँदैन।’

सोही कार्यक्रममा चार खेलपत्रकारलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।फुयालसँगै एसियाका २१ खेलकुद पत्रकार स्वर्ण पदकबाटसम्मानित भएका हुन्।

 

प्रकाशित: ८ आश्विन २०७३ ०३:२८ शनिबार

नागरिककर्मी फुयाल सम्मानित