समाज

चट्याङ लागेर २ जनाको मृत्यु

मोरङ– चट्यांङ लागेर शुक्रबार माेरङमा २ जनाकाे ज्यान गएकाे छ।

जिल्लाको वाराङ्गी–२ तीनकटेरी बस्ने २० वर्षीया कमला राईको आप्mनै घरमा पानीसँगै परेको चट्याङ लागेर शुक्रबार घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी मोरङ झुर्कीया–३ साहुटोल बस्ने ६१ वर्षीय दमलाल साहको चट्याङ लागेर मृत्यु भएको छ। शुक्रबार खेतबाट घरतर्फ फर्कने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७३ ११:५३ शुक्रबार

चट्याङ लागेर जनाको मृत्यु