समाज

नेपाल रिपब्लिक मिडियालाई डब्लुडब्लुएफ संरक्षण पुरस्कार

नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली (दायाँ) पुरस्कारका साथमा। तस्विरः प्रतीक रायमाझी

काठमाडौं— नेपाल रिपब्लिक मिडियाले सन् २०१६ को विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षण मिडिया पुरस्कार प्राप्त गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा महान्यायाधीवक्ता रमण श्रेष्ठले मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीलाई शुक्रबार सो पुरस्कार हस्तान्तरण गरेका छन्।

जलवायु परिवर्तन, वन्यजन्तु, प्राकृतिक सम्पादा, जैविक विविधता तथा चुरे स्खलन लगायत वातावरणका विषयमा मिडियाका छापा तथा डिजिटल प्रकाशनहरुले महत्वपूर्ण कभरेज गरेको भन्दै कोषले सो पुरस्कार प्रदान गरेको हो।

संरक्षण मिडिया पुरस्कार संस्थागततर्फ केन्द्रबाट नेपाल रिपब्लिक मिडिया तथा मोफसलबाट सुदूर पश्चिम मिडिया विकास केन्द्रलाई संयुक्त रुपमा प्रदान गरिएको हो। पुरस्कारको एकमुष्ट राशि ५० हजार रुपैयाँ रहेको छ।

१० औं संरक्षण दिवसको अवसर पारेर वन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाली सेनाको श्रीजंग गण तथा कैलालीको चेतना महिला सामुदायिक वन उपभक्ता समितिलाई अब्राहम संरषण पुरस्कार प्रदान गरियो।

अब्राहम पुरस्कार व्यक्तितर्फ टासी राप्ते घले तथा तुलसी देवकोटालाई संयुक्त रुपमा, युवा संरक्षण नेता पुरस्कार नरेश कुसी एवं व्यक्तिगततर्फ संरक्षण मिडिया पुरस्कार प्रगति ढकाललाई दिइएको छ।

प्रकाशित: ७ आश्विन २०७३ ०८:५३ शुक्रबार

नेपाल रिपब्लिक मिडियालाई डब्लुडब्लुएफ संरक्षण पुरस्कार