समाज

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कालिकोटको तिलागुफा नगरपालिका–२ का  ३० वर्षीय नवराज बस्नेत पक्राउ परेका छन्।

लागु औषध मुद्दामा ६ महिना कैद सजाय फैसला भएका फरार प्रतिवादी बस्नेतलाई जिल्ला प्रहरी कार्यालय कालिकोट बाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ। उनी विगत ६ महिला देखि फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ माघ २०७९ १०:१३ शनिबार

कालिकोट