समाज

पहिरोले पुरेर एकको मृत्यु, अर्का घाइते

धनकुटा– पहिरोले पुरेर धनकुटाको पाख्रिबासमा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रातिदेखि लगातार वर्षा भएका कारण बुधबार बिहान घरमाथि झरेको पहिरोले पाख्रिबास नगरपालिका ८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको घटना स्थलमा नै मृत्यु भएको हो।

घरमाथिबाट आएको पहिरोले कार्कीको घर भत्कएको छ। उनी घरभित्रै पुरिएकी प्रहरीले जानकारी दिएको छ।

त्यस्तै सोही घरमा बास बसेका भोजपुर सानोदुङमा गाविस– ७ का ७५ वर्षीय कृपाध्वज राई  घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनको पाख्रिबास स्वास्थ्य चौकीमा उपचार भइरहेको धनकुटाका प्रहरी उपरीक्षक बिभुतिराज पाण्डेले बताए।

त्यसैगरी कोसी राजमार्गको गर्जुवाखोलमा आएको बाढीले केहीबेर यातायात अवरुद्ध भएको थियो । ठाडो खोलामा आएको बाढीले सडक पुरेको थियो। अहिले यातायात खुलेको छ।  

प्रकाशित: ५ आश्विन २०७३ ०८:२२ बुधबार

पहिरोले पुरेर एकको मृत्यु अर्का घाइते