समाज

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

कालिकोटमा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। तिलागुफा नगरपालिका-७की ३४ वर्षीया नन्दा विष्ट रावतलाई जिल्ला अस्पताल कालिकोटबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

उनकाे उक्त रक्तश्राव भएपछि सुर्खेत पठाइएको छ। पेट सुनिने समस्या देखा परेपछि ५ दिन पहिले उपचारका लागि  जिल्ला अस्पताल मान्म अस्पताल ल्याइएको थियो।

रावतको शल्यक्रियाबाट बच्चा निकाली बच्चालाई एनआईसियुमा राखी उपचार गनुपर्ने भएपछि उनलाई राष्ट्रपति सुत्केरी महिला हवाई उद्धार कार्यक्रम मार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाइएको डाक्टर अप्सरा हमालले बताइन्।  

उनको उच्च रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पतालमा स्वास्थ्य जाँच गर्दा बच्चा भन्दा अगाडि पाठेघरको मुखमा साल बसी अत्याधिक रक्तश्राव भएपछि कालिकोट अस्पतालमा उपचार संम्भव नभएकोले सुर्खेत पठाइएको अस्पतालले जनाएको  छ।

रावतको यो भन्दा पहिले पनि तीन पटक गर्व खेर गएको र  उनी ५ दिन  देखि जिल्ला अस्पताल कालिकोटमा उपचारको क्रममा रहेको बताइएको छ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ।

प्रकाशित: २७ माघ २०७९ १३:०७ शुक्रबार

सुत्केरी महिला