समाज

फोरम नेताको मृत्यु

जुम्ला–संविधान सभा निर्वाचन २०७० मा संघीय समाजवादी फोरमको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार खड्कबहादुर शाहीको निधन भएको छ।   जिल्लाको कुडारी–५ निवासीमा जन्मेका शाहीको  उपचारकै क्रममा भारतको लखनऊमा निधन भएको हो।

पछिल्लो समयमा दमको समस्या भएका शाहीको ६६ वर्षको उमेरमा  निधन भएको हो। पञ्चायतकाल, राजतन्त्र, बहुदलीय ब्यवस्था, लोकतन्त्र र गणतन्त्रमासमेत जिल्लामा उनको राजनैतिक भूमिका पृथक र फरक शैलीको रहेको थियो।

उनलाई  जुम्लाको जंगबहादुर पनि भनेर चिनिन्थ्यो। ‘स्थानीयले जंगबहादुर पनि भन्ने गर्थे किनकी उहाँसँग काम गर्ने शैली कडा थियो,’  स्थानीय तेजबहादुर शाहीले भने।

शाहीका बुवा स्वर्गीय बलबहादुर शाही प्रधानपञ्च भएकै समयमा ‘गाउँ पञ्चायत सचिव’ नियुक्त खड्कबहादुर शाही  पञ्चायत कालबाट नै राजनीतिमा लागेका हुन्।   शाहीका ५ छोरा ५ छोरी र श्रीमती छन ।

 

प्रकाशित: ४ आश्विन २०७३ ०९:२५ मंगलबार

फोरम नेताको मृत्यु