समाज

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प

काठमाडौं -गएराति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविसलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

दुई साताअघि दोलखा केन्दूविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म पनि परकम्पको क्रम रोकिएको छैन ।

गत वर्षको गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलमाथिका ४ सय ६९ परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित: ३ आश्विन २०७३ ०८:४४ सोमबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प