समाज

बस, जीप र एम्बुलेन्स ठोक्किँदा एकको मृत्यु, चार घाइते

चितवन–   पूर्व पश्चिम राजमार्गको चितवन टिकौलीमा आइतबार दिउँसो बस, एम्बुलेन्स र जीप एक आपसमा ठक्कर खाँदा एक जनाको निधन भएको छ। सो घटनामा अन्य चारजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नारायणगढबाट पूर्वी चितवन रत्ननगर तर्फ गइरहेका एम्बुलेन्स र जीप रत्ननगरबाट नारायणगढतर्फ आउँदै गरेको बससँग ठोक्किएको थियो।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृतकमा अन्दाजी ३० वर्षका पुरुष रहेका छन्। उनको थप विवरण आउँन बाँकी नै छ। घाइतेहरुको भरतपुर असपतालमा उपचारहुँदै गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित: २ आश्विन २०७३ ११:४० आइतबार

बस जीप एम्बुलेन्स ठोक्किँदा एकको मृत्यु घाइते