समाज

सुडान फिर्ता घटनाबारे अनुसन्धान गर्दै गृह

काठमाडौं- पासपोर्ट छुटेका कारण नेपाली सेनाको टोली दक्षिण अफ्रिकाबाट फिर्ता आएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले अनुसन्धान भै रहेको जनाएको छ। अध्यागमन विभागको जिम्मेबारी क्षेत्रमा नेपाली सेना पासपोर्ट नै भुलेर दक्षिण अफ्रिकी देश पुगेर फिर्ता आएको घटना सामान्य नभएको भन्दै अध्यागमन विभागका महानिर्देशकसँग सोधपुछ समेत गरेको छ। मन्त्रालयमा शनिबार आयोजित छलफलमा गृहमन्त्री विमलेन्द्र निधीले कुन आधार र के कारणले घटना भयो यस सम्बन्धमा अनुसन्धान गर्न सचिव रेग्मीलाई निर्देशन दिएको बताए। उनले अध्यागमन विभागको सुधारका लागि आवश्यक पहल भै रहेपनि पासपोर्ट बिनानै विमानस्थलबाट विदेश उडने घटना अनुसन्धानको बिषय भएको बताए।

गत मंगलबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन पुगेको नेपाली सेनाको २ सय ३२ जनाको टोली पासपोर्ट छुटेपछि चार्टर फ्लाइट सहित फर्कनु परेको थियो।

सुडान अध्यागमनले 'इन्ट्री' (प्रवेश) हुन पासपोर्ट मागेपछि मात्र नेपाली सेनाको टोलीले आफूहरुसँग पासपोर्ट नभएको थाहा पाएको थियो। त्यसपछि अध्यागमनले उनीहरु सबैलाई जुन विमानमा गएका थिए, त्यही विमानमा नेपाल फिर्ता पठाएको थियो।

 

प्रकाशित: १ आश्विन २०७३ १३:३० शनिबार

सुडान घटनाबारे अनुसन्धान गर्दै गृह