समाज

बाघको आक्रमणबाट एकको मृत्यु

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ। 

शुक्रबार दिउँसो घाँस काट्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका बर्तौला बेपत्ता भएका थिए। बेपत्ता भएका बर्तौलाको खोजी गर्दा आज बिहान अमृते पोस्ट नजिक शव फेला परेको निकुञ्जले जनाएको छ। रासस 

प्रकाशित: १ आश्विन २०७३ ०५:१५ शनिबार

बाघको आक्रमणबाट एकको मृत्यु