समाज

चोरीको मोटरसाईकल किनबेच गर्ने दुई पक्राउ

उदयपुर- मोटरसाईकल चोरेर बेच्ने दुईजना पक्राउ परेका छन्। गत ९ गते जिललको दक्षिणी गाविस जोगीदह ६ का इन्द्रबहादुर मोचीको घरबाट चोरेर लगेको स ३ प ४८०९ नम्बरको मोटसरसाईकल चोरको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय मोहम्मद साखिरलाई शुक्रबार पक्राउ गरेको हो।

यामाहा कम्पनीको उक्त मोटरसाईकल साकिरले चोरेर त्रियुगा नगरपालिका १० देउरीका मनोज चौधरीलाई बेचेको अवस्थामा भेटेर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले चोरीको मोटरसाईकल देउरीस्थित मोटरसाईकल मर्मत केन्द्र सञ्चालक २७ वर्षीय चौधरीलाई बेचेको अवस्थामा फेला परेको बताए।

उनका अनुसार चौधरीले चोरीको मोटरसाईकल २ हजारमा किनेर मर्मत गर्दै गरेको फेला पारी नियन्त्रणमा लिइएको छ । बेच्ने साखिर र किन्ने चौधरी दुवैलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको रानाले बताए।

 

प्रकाशित: ३१ भाद्र २०७३ १२:१८ शुक्रबार

चोरीको मोटरसाईकल किनबेच गर्ने दुई पक्राउ