समाज

ट्रयाक्टर दुर्घटनामा १ को मृत्यु ४ घाइते

मञ्जु उप्रेती

रामेछाप– मन्थली नगरपालिका १३ को राम्चेमा शुक्रबार अपरान्ह भएको ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

दुर्घटनामा परी सिन्धुली लाम्पाङटार–८ का नवीन कार्कीको मृत्यु भएको छ। घाइते हुनेहरुमा स्थानीय काजीदाश श्रेष्ठ, शम्भु रम्तेल, बाबुराम विश्वकर्मा, निलहरी राम रहेका छन्। उनीहरुको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ।

मन्थली नपा १३ कै वडारेबाट बिजुली र खानेपानीका सामान बोकेर बडिमुहानतर्फ गइरहेको ना ५ त ७७५८ नंबरको ट्रयाक्टर सडकबाट करिव ३० मिटर तल खसेको थियो। दुर्घटनापछि ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा छन्।  घटनको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७३ ०९:४० शुक्रबार

ट्रयाक्टर दुर्घटनामा को मृत्यु घाइते