समाज

साउदीमा अलपत्र नेपालीको उद्दार

काठमाडौँ- साउदीमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिएको छ । पीडितहरुको महानगरीय अपराध महाशाखाको बिशेष पहलमा साउदी स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा उद्दार गरी नेपाल ल्याइएको हो।

कर्णाली मेनपावर नेपालगंज बांकेमार्फत साउदी स्थित एक कम्पनीमा राम्रो काम र तलब पाईन्छ भनी बर्दीया जमुनि सितापुरका देवबहादुर कंडेल, मुगु हयागुलका रनबहादुर रोकाया, बाँके नेपालगंजका मोहमद आरुन खान, निसार खान, बर्दीया शिवपुरका खगेन्द्र नाथ योगी , बाँके मनिकापुरका लिल बहादुर रोक्कामगर र बाँके पुरौनाका मोहमद सबिर खान गएका थिए।  

उक्त मेनपावर कम्पनीले सम्झौता गरी पठाए अनुसारको काम र तलव नपाएको, तलब माग्न जाँदा पटक पटक कम्पनीका मानिसबाट कुटाई समेत खानु परेको र काम नदिएको, खान बस्न समेत समस्या भएको भन्दै उनीहरुले जीवन रक्षा गरी नेपाल फिर्ता गराउन भन्दै पिडितहरुले अपराध महाशाखाको हटलाईन नम्बरमा गत साउन ८ गते टेलिफोनद्वारा जानकारी गराएका थिए। त्यसै आधारमा प्रहरीले उनीहरुके उद्दारको लागि प्रक्रिया सुरु गरी नेपाल फिर्ता ल्याएको जनाएको छ।  

प्रकाशित: ३१ भाद्र २०७३ ०७:३७ शुक्रबार

साउदीमा अलपत्र नेपालीको उद्दार