समाज

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

बाबियाचौर- म्याग्दीको बेनी नगरपालिका-३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए। घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताए।  

दुईजना सामान्य घाइतेको घरमै उपचार भइरहेको छ । घटनास्थलमा बेनीबाट प्रहरी टोली गएको छ । रासस 

प्रकाशित: ३१ भाद्र २०७३ ०६:३५ शुक्रबार

चट्याङ लागेर एकको मृत्यु घाइते