समाज

भक्तपुरमा सिद्धपोखरी मेला

भक्तपुर- भक्तपुरमा शुक्रबार सिद्धपोखरी मेला लाग्दैछ। काठमाडौंबाट भक्तपुर नगर प्रवेश गर्ने नगरको सुदुर पश्चिममा रहेको दूधपाटीस्थित सिद्धपोखरीमा शुक्रबार मेला लाग्दैछ। भक्तपुर नगरपालिका वडा नं १७ स्थित यो पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्रामो भोलिपल्ट यसरी नै विशेष मेला लाग्ने गर्दछ। मेला भर्न भक्तपुरसहित काठमाडौं  उपत्यकाभरबाट हजारौं श्रद्धालु पोखरीमा पुग्छन्।

मेलाको क्रममा शुक्रबार त्यहाँं विहानदेखि भक्तजनको भीड लाग्छ। विहान हजारौ भक्तपुर नगरबासी पोखरीमा पुगेर स्नान गर्छन्। वर्षभरिमा पोखरीमा यही एक दिन मात्रै स्नान गर्न त्यहाँं छुट छ। सम्भावित दुर्घटनालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले त्यहाँं स्नान गर्न वन्देज लगाइराखेको छ। नगरपालिकाले पोखरीमा डुवेर आत्महत्यालगायतका दुर्घटना होला भनेर सुरक्षाका लागि २४ सै घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ। सुरक्षालाई ध्यान दिंदै पोखरीभित्र जान राति वन्देज लगाइन्छ।

नगरकै सवैभन्दा ठूलो तपुखू (ठूलो पोखरी) मा यो दिन विहान स्नान गर्ने मात्रै नभई पौडी खेल्नेहरुको घुँंइचो लाग्छ। करिव पाँंच सय मिटर लामो यो पोखरीमा वारपार गरेर पौडी खेल्ने प्रतिस्पर्धा चल्छ।

मेला लाग्नु एकदिन अगाडि साँंझ त्यहाँं दीपावली गरिन्छ। सोही अनुसार मेला लाग्नु एकदिन अगाडि बिहीबार साँंझ त्यहाँं दीपावली गरिएको छ। स्थानीय वातावरण संरक्षण समाजको अगुवाईमा बिहीबार साँंझ त्यहाँं दीपावली गरिएको हो। पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिएको हो। दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिएको र बाँंकी सवै काम स्वयुमसेवाबाट गरिएको समाजका उपाध्यक्ष रमेश न्याईच्वाईले जानकारी दिनुभयो। उनका अनुसार यसका लागि एक सय भन्दा वढी स्वयमसेवक खििटएका थिए। 

मेलाको क्रममा भक्तपुर खौमास्थित इन्द्रायणीको देवता पोखरीमा पुयाइएको छ। खौमामा रहेको इन्द्रयणीको देवतालाई खटमा राखेर बाजागाजाका साथ भक्तपुर आधा भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुयाइएको हो। पोखरीमा पुयाएको देवताको स्वागतार्थ दीप प्रज्ववलन गर्ने परम्परा छ। शुक्रबार विहान यही इन्द्रयणी देवताको दर्शन र स्नानका लागि भक्तालु पोखरी पुग्छन्। मेलाको दिन शुक्रबार इन्द्रयणी देवतालाई पोखरीबाट उठाएर बाँंकी आधा नगर परिक्रमा गराई खौमास्थित इन्द्रायणीपीठै पुयाइन्छ।

इन्द्रायणी पीठका मुल पुजारी गोविन्द मल्लले खासमा यो इन्द्रायणीको जात्रा भए पनि सर्वसाधारणले वढी सिद्धपोखरीको जात्राको रुपमा लिने बताए। इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाको रुपमा पनि बुझने उनले बताए।

संस्कृतिविद तेजेश्वर बाबु ग्वंगका अनुसार सिद्धपोखरी मेला इन्द्रजात्राकै एक सिलसिला हो। रोपाइ सकेर पानी पर्न पुग्यो भनेर इन्द्रलाई सन्देश पुयाउने रुपमा यो इन्द्रायणी मेला हुने गरेको उनले बताए।

सिद्धपोखरी जिल्लाकै सवैभन्दा ठूलो पोखरी हो। भक्तपुर नगरका सानाठूलो ३४ पोखरीहरुमध्ये यो सवैभन्दा आकर्षक अनि ठूलो पोखरी हो। पोखरीको चारैतिर परम्परागत रुपमै पर्खालले घेरिएको छ। पोखरीमा माछा पालेर राखेकाले पनि यो थप आकर्षको केन्द्र बनेको छ। साथै पोखरीको वरिपरि वगैंचा छन्। बगैंचा हेरचाहका लागि मात्रै भक्तपुर नगरपालिकाले त्यहाँ तीन जना कर्मचारी र सुरक्षाका लागि दुई जना गार्डलाई खटाउँंदै आएको छ। पोखरी घुम्न सामान्य दिनमा मात्रै पनि दैनिक हजारौं प्रकृतिप्रेमी पोखरी पुग्छन्।  

प्रकाशित: ३१ भाद्र २०७३ ०१:४५ शुक्रबार

भक्तपुरमा सिद्धपोखरी मेला