समाज

इन्द्रजात्रामा कुमारीको रथ यात्रा

काठमाडौं- बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पुजा–अराधना गरि इन्द्रजात्रा मनायो। काठमाडौंको वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथ यात्रा निकाली नगर परिक्रमा गरि मूर्तीको पुजा गरेर जात्रा मनाएको छ। कुमारीलाई देवीको रुप मानेर राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिणा चढाएर सुरुवात गरेको छ। जात्रामा गृहमन्त्री विमलेन्द्र निधी, उधोग मन्त्री नविन्द्रराज जोशी, प्रधानन्याधिस सुशिला कार्की, विभिन्न निकायका प्रमुख, विदेशी राजदुतावासको प्रमुख लगायतका व्यक्तिहरुले दर्शन गरेका छन्।

इन्द्रजात्रामा कुमारीको रथ यात्रालाई नगरपरिक्रमा गर्नु अगावै गणेश, भैरव र जिवित कुमारीको रथ यात्रा सुरु भएको संकेत गर्दै नेपाली सेनाले तीन राउण्ड तोपका सलामी पड्काएका थिए।

गणेश, भैरव र कुमारीको रथयात्रा कुमारीघरबाट मरुटोल, चिकंमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेनस्थान, हनुमानढोका हुँदै कुमारीघर अगाडी आएर पहिलो दिनको रथ यात्रा सकेको थियो।

परम्परागत रुपमा मनाउँदै आइरहेको इन्द्रजात्रामा पञ्चेबाजा, नगरा बाजा, सनइ बाजा, टेम्पो बाजा, धिमरे बाजा, ज्यापु बाजा विभिन्न समुदायले बजाएर नाचगान गरिँदै इन्द्रजात्राको रौनक बढाएको थियो। जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्›को वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच गरी मनाइ रहेका छन्।

इन्द्रजात्राको अवसरमा वसन्तपुर दरवार क्षेत्रमा ३६ वटा गुठी संस्थान, स्थानिय क्लबहरु, नेपाल रेडक्रस सोसाइटी, शान्ति सुरक्षा ट्राफिक व्यवस्थापन समिती, सामुदायिक विपद् व्यवस्थापन समितीक  लगायतका संस्थाका स्वयमसेवकहरु जात्रामा परिचालित गरिएको थियो।

जात्रामा स्थानिय, सर्बसधारण, पर्यटक लगायतको बाक्लो उपस्थिती रहेको थिए । नेपाल प्रहरीको ९ सय सुरक्षाकर्मी परिचालित गरिएको जानकारी हनुमानढोका प्रहरी प्रभागले जनाएको छ। त्यस्तै केन्द्रिय मानन्धर संघको प्रतिनिधी कृष्णमोहन मानन्धरका अनुसार, स्थानिय विभिन्न गुठी संस्थान र क्लबहरुको १ हजार २ सय स्वयमसेवकहरु परिचालन गरिएको छ। कडा सुरक्षामा इन्द्रजात्रामा रथ घुमाइ नगर परिक्रमा भएको उनले बताए। यसै अवसरमा वर्षभरिमा दिवंगत भएको परिवारले वसन्पुर क्षेत्रका सडकमा दीप प्रज्वलन गरी चीर आत्मालाई शान्तिको कामना समेत गरिने परम्परा रहेको छ।  

प्रकाशित: ३१ भाद्र २०७३ ०१:४२ शुक्रबार

इन्द्रजात्रामा कुमारीको रथ यात्रा