समाज

त्रिपुरेश्वर-माइतीघर फ्लाई ओभरमा जापानको सहयोग

काठमाडौं- नेपालका लागि जापनका राजदूत मासासी ओगावाले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)मार्फत काठमाडौंको ट्राफिक समस्या समाधान सहयोग गर्ने बताएका छन्। जापान सरकारले त्रिपुरेश्वर देखि माईतीघरसम्म फ्लाई ओभर वि्रज निर्माणलाई प्राथमिकता राखेको बताएका हुन्।

सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र राजदुत ओगावा बीच बुधबार मन्त्रालयमा भएको भेटवार्तामा सहरी क्षेत्रमा काठमाडौं लगायत अन्य ठूला  तथा मझौला सहरको पूर्वाधार विकासमा जापान सरकारको संलग्नतामा आग्रह गरेपछि राजदूत ओगावाले यस्तो बताएका हुन्।

प्रकाशित: ३० भाद्र २०७३ ०३:२३ बिहीबार

त्रिपुरेश्वर-माइतीघर फ्लाई ओभरमा जापानको