समाज

आगलागीबाट चार घरमा क्षति

हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँका आगलागी भएको छ।

सो स्थानमा आगलागी हुँदा रु ८२ लाख ९५ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख गीताप्रसाद चौधरीले बताए। स्थानीयवासी दीपक सिंह, शक्ति सिंह, कालु सिंह र छक्क सिंहको घरमा आगलागी भएको हो।  

धारापोरी चौकीको सहयोग र जिल्ला प्रहरी कार्यालयका मनि गुरुङको नेतृत्वमा थप सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल उक्त घटनास्थलमा गएर स्थानीय बासिन्दा सक्रिय भई आगो निभाइएको छ। 

प्रकाशित: २३ माघ २०७९ १४:५० सोमबार

हुम्ला