समाज

विष सेवनले महिलाको मृत्यु

वीरगन्ज– पर्सा बहुअरी पिडरीमा बिष सेवनबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय सुरेश प्रसाद यादव की श्रीमति २८ वर्षे जटही देवीले बिहान झिसमिसेमैं बिष सेवन गरेकी थिइन्।

स्थानीयका अनुसार घर परिवारकाले थाहा पाएर बिहान ६ बजे उपचारका लागि महिलाका माइती पक्षका सल्लाहअनुसार भारतीय सिमावर्ती सहर रक्सोलस्थित डंकन अस्पताल पुर्याएका थिए।

उनको माइति रक्सोलकै पनटोमा पर्छ। इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार उपचारको क्रममा डंकन अस्पतालमैं महिलाको मृत्यु भएको छ।

मृत्युपछि बहुअरी पिडरी ल्याइएको महिलाको शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

प्रकाशित: २८ भाद्र २०७३ १३:०६ मंगलबार

विष सेवनले महिलाको मृत्यु