समाज

चट्याङले एकको मृत्यु, दुई घाईते

दाङ–चट्याङ लागेर दाङमा एकजनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमबार राती परेको चट्याङले बाघमारे ३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ लागेर घाईते भएका पवनको मंगलबार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर पवनकी आमा ३९ बर्षीया जुद्धकुमारी केसी र दिदी रेणुका घाईते भएका छन् । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । राती घरमा सुतिरहेको समयमा चट्याङ परेको थियो ।

 

प्रकाशित: २८ भाद्र २०७३ ०६:०० मंगलबार

चट्याङले एकको मृत्यु दुई घाईते