समाज

दुई नक्कली डाक्टर पक्राउ

काठमाडौँ-प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नपा–१३ घर भई हाल संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा जनकपुर–१५ घर भई जनसेवा डेन्टल हस्पिटल, पथरी, मोरङमा कार्यरत सञ्जिवकुमार साह रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनाले भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी चिकित्सक भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यता ब्यूरोले व्यक्तिहरुको चिकित्सा अभ्यासबाट पिडीत कोही भए आवश्यक कारबाहीको लागि जानकारी दिनसमेत सर्वसाधारण सबैमा अनुरोध गरेको छ। रासस

 

प्रकाशित: २७ भाद्र २०७३ १३:४२ सोमबार

दुई नक्कली डाक्टर पक्राउ